सन्धिखर्कमा प्रथम एस.इ.इ. तथा अण्डर १६ क्रिकेट प्रतियोगिता शुरु - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

सन्धिखर्कमा प्रथम एस.इ.इ. तथा अण्डर १६ क्रिकेट प्रतियोगिता शुरु



कमल विस्ट /सन्धिखर्क
अर्घाखाँची जिल्ला क्रिकेट संघको आयोजनामा सन्धिखर्क टुडिखेलमा प्रथम पालिका स्तरीय SEE एण्ड अन्डर १६ क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालोकाका नगर प्रमुख कमलप्रसाद भुसालले उद्घाटन गर्नुभयो , नेपाल पत्रकार महासंघका अध्यक्ष हिम लेकालिले गरेको बलिङमा ब्याटिङ्ग गर्दै उद्घाटन गरिएको हो, उद्घाटन शत्र नगर प्रमुख कमलप्रसाद भुसालको प्रमुख आतिथ्यता,अर्घाखाँची जिल्ला क्रिकेट संघका अध्यक्ष ऋषिकेश भट्टराइको अध्यक्षता, जिल्ला क्रिकेट संघ का उपाध्यक्ष अशोककुमार भुसालको स्वागत तथा कमल विस्टको संचालनमा सम्पन्न भएको हो ।

प्रतियोगितामा सब्धिखर्क नगरपालिका , शितगङ्गा नगरपालिका , भूमिकास्थान नगरपालिका , मालारानी गाउँपालिका , छत्रदेव गाउँपालिका गरि ५ वटा पालिकाले सहभागिता जनाएका छन, पाणिनी गाउँपालिकाले भने खेलाडी अभाव देखाउदै सहभागिता जनाएको छैन ।

त्यस्तै प्रतियोगिताको पहिलो खेल आज छत्रदेव गाउँपालिका र मालारानी गाउपालिका विच भएको थियो जसमा छत्रदेव गाउपालिका १४ रनले विजयी भयो जसको म्यान अफ द म्याच मनोज थापा मगर भए त्यसतै दोश्रो खेल सन्धिखर्क नगरपालिका र शितगङ्गा नगरपालिका विचको खेलमा सन्धिखर्क नगरपालिकाले ८विकेटको जित निकालेको छ जसको म्यान अफ द म्याच प्रेम श्रेष्ठ भए ।