एसईई टपर अन्जली पुरीले भनिन हजुरआमाको प्रेरणाले उत्कृष्ट बनें - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एसईई टपर अन्जली पुरीले भनिन हजुरआमाको प्रेरणाले उत्कृष्ट बनें



एसईई परीक्षाको नतिजा शनिवार सार्वजनिक भएपछि सबैलाई जिज्ञासाको विषय बनेको छ सबैभन्दा बढी नम्बर कसले ल्यायो भन्ने  ।

विगतमा जिपिए प्रणाली लागु नहुँदै प्रतिशतमा आउने नतिजा भन्दा यो फरक भएकै कारण यसवर्ष पनि केही विवाद देखिने निश्चित भएको छ ।

अघिल्लो वर्ष पनि यस्तै खाले विवाद नभएको भने होइन । परीक्षा नियन्त्रण कार्यालयले आधिकारिक रूपमा सूचना जारी गरेको छैन ।

पर्वतको कुश्मामा रहेको कालिगण्डकी एकेडेमी कि अन्जली पुरी नेपाल टप भएको उक्त एकेडेमीले दाबी गरेको छ । यसअघि महेन्द्र विद्या आश्रम भक्तपुरका सार्थक मल्ल उत्कृष्ट भएको दाबी गरिएको छ ।

यस विषयमा हामीले कालिगण्डकी एकेडेमीका शिक्षक र स्वयम् अन्जली सँग कुरा गर्दा उनीहरू नेपाल टपर भएको दाबी गरेका छन् ।

अन्जली पुरीका बुवा बोल्न र सुन्न नसक्ने छन् भने उनका दाजु ब्याचलर पढ्दै छन् । उनका दाजुले पनि गण्डकी एकेडेमीमै पढेका थिए उनले एसएलसीमा ८६ प्रतिशत अङ्क ल्याएका छन् ।

अन्जलीलाई सानै देखि हजुरबुवा र हजुरआमाले हुर्काएका हुन् ।

हजुरआमाकै हौसलाको कारण उत्कृष्ट बन्न प्रेरणा मिलेको अन्जलीले हिमालपोष्टलाई बताइन  ।