एसईई परीक्षा अब प्रदेशले गराउने - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

एसईई परीक्षा अब प्रदेशले गराउने



काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई सञ्चलान प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण गरिरहेको बताएका छन्।

बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रियामा अध्यक्ष शर्माले ऐनमा व्यवस्था नभई सबै कुरा प्रदेश सरकारलाई दिन कानूनतः अफ्ठ्यारो भएको उल्लेख गर्दै सरकारले प्रदेशलाई अधिकार दिने कानून पारित गरे प्रदेश सरकारले नै एसईईको परीक्षा लिने बताए।

अध्यक्ष शर्माले अबको परीक्षाको उत्तरपुस्तिकाहरू प्रदेश सरकारले जिल्ला र केन्द्रका कुराहरूलाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेशन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नको लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्ने बताए।

उनले प्रदेश सरकारले सो अधिकार पाएमा प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयानुसार नतिजा प्रकाशन गर्नसक्ने पनि बताए।