एसईईको नतिजा विवरण कसरी हेर्ने ?
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन गर्न लागेको छ ।नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै कार्यालयले नतिजा विवरण कसरी हेर्ने भनी सूचनासमेत जारी गरिसकेको छ ।
कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता हर्ने सकिने जानकारी गराएको छ ।२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।