खुट्टाले लेखेर एसईई दिदै ३५ वर्षीय हरिप्रसाद बुढाथोकी - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

खुट्टाले लेखेर एसईई दिदै ३५ वर्षीय हरिप्रसाद बुढाथोकी



काठमाडौं : दक्षिणकाली नगरपालिका चाल्नाखेल-१ निवासी ३५ वर्षीय हरिप्रसाद बुढाथोकीका दुवै हातले काम गर्दैनन् । उनका खुट्टा पनि त्यति सबल छैनन् । सामान्य हिँडडुल गर्न पनि उनलाई कठिन हुन्छ तर उच्च शिक्षा अध्ययन गरेर नोकरी गर्ने उनको इच्छा छ।

त्यसैले दाहिने खुट्टाका सहाराले लेख्न सक्ने बुढाथोकी शुक्रबारदेखि सुरु भएको २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका छन । उनलाई बोल्न पनि गाह्रो छ। निकै कठिनसाथ उनले भने, “क्याम्पस पढेर जागिर खाएर आफ्नो खुट्टामा उभिन्छु” ऊनले भने l

जन्मँदै शारीरिक अपाङ्गता भएका बुढाथोकीले कक्षा ४ सम्मको पढाइपछि बिरामीका कारण पढाइ छाडे। २०७० सालमा चाल्नाखेल आधारभूत विद्यालयमा पुनः भर्ना भई कक्षा ८ पूरा गरे ।

टौदह राष्ट्रिय माविमा कक्षा ९ मा भर्ना त हुनुभयो तर घरबाट झण्डै तीन किलोमिटर टाढाको विद्यालयमा आउजाउ गर्न निकै कठिन भयो। पढाइ छाड्नुपर्यो। गत असारमा फर्पिङको शिखरापुर खुला विद्यालयमा कक्षा १० मा भर्ना भई अध्ययनलाई निरन्तरता दिएका बुढाथोकी बिहीबार अङ्ग्रेजी विषयको तयारीमा जुटेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।