एसईई परीक्षा सुरु, रुपन्देहीबाट १७ हजार ४ सय ५५ परिक्षार्थी सहभागी - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

एसईई परीक्षा सुरु, रुपन्देहीबाट १७ हजार ४ सय ५५ परिक्षार्थी सहभागी



बुटवल : दैशभर आज देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । रुपन्देहीबाट यो वर्ष १७ हजार ४ सय ५५ परिक्षार्थी सहभागी भएका छन् । रुपन्देहीमा ५५ केन्द्र तोकिएको छ ।

एक जना विद्यार्थी भने जिल्ला प्रहरी कार्यालयको काराकारमा रहेकाले कारागारबाटै परीक्षा दिनेछन । २ जना महिला केन्द्राध्यक्ष सहित ५५ केन्द्राध्यक्ष छन् । ४ सय २७ जना विद्यार्थी परीक्षा दिनबाट छुटेका छन् । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका सहायक जिल्ला शिक्षा अधिकारी घनश्याम भुसालले हाजिर नपुगेका र अन्य कारणले परीक्षा फाराम भर्नबाट विद्यार्थीहरू छुटेको जानकारी दिनुभयो ।

शान्ति नमुना मावि मणिग्रामबाट ५ जना दृष्टिविहिन परीक्षामा सामेल हुँदैछन । ३ जना छात्र र २ जना छात्रा दृष्टिविहिनले परीक्षार्थी सहभागी हुँदैछन । वालबहिरा मावि भैरहवाबाट यस पटक ८ जना सुस्तमनस्थितीका विद्यार्थी सहभागी भएका छन् । जिल्लाको परीक्षा शान्तिपूर्ण बनाउनका लागि तयारी पूरा भएको सहायक जिशिअ भुसालले बताए । उनले केन्द्राध्यक्ष, निरीक्षक सबै तयारी बनाइएको बताए । परीक्षालाई मर्यादित बनाउनका लागि अनुगमन टोली समेत परिचालन हुनेछ । जिल्ला प्रशासन, विभिन्न शिक्षाका सरोकारवाला निकाय सहित पत्रकारहरूको सहभागितामा अनुगमन गरिने छ ।

उता अर्घाखाँचीमा भने यो वर्ष एसईइ परीक्षामा ८९ जना परिक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । एसईइ परीक्षा दिनका लागी आवेदन भरेका ३६०७ विद्यार्थी मध्ये ७५ प्रतिशत हाजिर नभएका ८९ जना परीक्षा दिनबाट बञ्चीत भएको जिल्ला शिक्षा अधिकारी लीलबहादुर राउतले बताउनुभयो । जसमा छात्र ४४ र छात्रा ४५ रहेका छन् । परीक्षाको सबै तयारी पुरा भएको शिक्षा कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्लामा नियमिततर्फ तर्फ ३ हजार ५ सय १८ र एक्जेम्टेड ग्रेड वृद्धि तर्फ १७७ जना गरी कुल ३ हजार ६ सय ९५ जना रहेको जिल्ला शिक्षा अधिकारी राउँतले जानकारी दिनुभयो । कपिलबस्तुमा कपिलबस्तुमा भने परीक्षा शुल्क नतिरेका कारण २ सय ८ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । गत वर्ष ४ सय १७ जना एसईईबाट वञ्चित भएका थिए ।