एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी
काठमाडाैं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको तयारी अन्तिम चरणमा पुगेकोछ ।
बोर्डको बैठक बस्ने बित्तिकै भोलि वा पर्सिसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणी पौडेलले जानकारी दिए ।
परिक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार बोर्डले कार्यविधिमा उल्लेख भएबमोजिम नम्बर इन्ट्री लगायत सम्पादनका सबै काम सकेको छ, अब लब्धाङक पत्रलाई अन्तिम रुप दिने हो ।
विश्वभर कोरोनाको संक्रमण फैलिएपछि कोरोना रोकथाम तथा नियत्रण उच्चस्तरीय समन्वय समितिको बैठकले माध्यमिक शिक्षा अर्थात एसईईको परीक्षा अन्तिम समयमा आएर गत चैत ५ गते स्थगित गरेको थियो ।