मार्कसको सनसनीपूर्ण ब्याटिङ: पञ्जाबलाई मध्यम लक्ष्य - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

मार्कसको सनसनीपूर्ण ब्याटिङ: पञ्जाबलाई मध्यम लक्ष्य



एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाब समक्ष १ सय ५८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

सुरुवाती ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको दिल्लीको इनिङ्स मध्यक्रमका ब्याट्सम्यानले केही उकासे ।

मार्कुस स्टोनिसले अविजित ५३ रनको शानदार पाली खेले । कप्तान श्रेयस लेयरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाए ।

दिल्लीबिरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रर्दशन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए ।

दिल्लीले पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमा राख्दै प्लेईङ सेट तयार पारेको थियो ।