प्रियंका गान्धीलाई स्कुटरमा बोक्ने नेतालाई प्रहरीले ६ हजार १ सयको चिट काटेपछि…
नयाँ दिल्ली- भारतीय काङ्ग्रेसकी नेतृ प्रियंका गान्धीलाई स्कुटरमा बोकेका एक नेतालाई प्रहरीले जरिवाना तिराएको छ। वारिवाना पनि थोरै भने होइन ।
गान्धीलाई स्कूटरमा बोक्ने पनि भारतीय कांग्रेसका नेता नै हुन् । राजस्थानका कांग्रेसका विधायक धीरज गुर्जरलाई त्यहाँको ट्राफिक प्रहरीले ६ हजार १ सय रुपैयाँ जरिवाना गराएकाे छ ।
गुर्जर तिनै नेता हुन्, जसले शनिबार बेलुका मात्र कांग्रेस अन्तरिम अध्यक्ष प्रियंका गान्धीलाई स्कूटरमा बसाएर सेवानिवृत्त आईपीएस अधिकारी दारापुरीको घर पु-याएका थिए।
उनै धीरजलाई लखनउ ट्राफिक प्रहरीले चिट काटेको हो।
प्रहरीका अनुसार चालक अनुमति नहुँदा उनलाई २ हजार ५ सय रुपैयाँको चिट काटिएको हो ।
हेलमेन्ट बिना स्कुटर चलाएकाे कसुरमा थप ५ सय र ट्राफिक नियम उल्लंघन गरेको कसुरमा ३ सय रुपैयाँको चिट काटिएको हो।
त्यस्तै, खराब नम्बर प्लेटका लागि ३ सय र गलत तरिकाले स्कुटी चलाएको आरोपमा २ हजार ५ सय रुपैयाँको चिट काटिएको हो।
शनिबार बेलुका प्रियंकाले लखनउमा पैदल मार्च गरेकी थिइन्।
यसरी ती काङ्ग्रेस नेताले प्रियंका गान्धीलाई स्कूटरमा राखेर लैजानु नै उनको चिट कातिनुको कारण बनेको छ ।