सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न सरकारको निर्देशन - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न सरकारको निर्देशन



काठमाडौं- सरकारले स्कुल, कलेज लगायतका शैक्षिक संस्था चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णग गरेको छ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) जारी राख्दै स्कुल तथा कलेजहरु बन्द गर्ने निर्णय गरेको हो।

‘२०७६ चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्यक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेक्स स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने।

तर, बालबिकास केन्द्र, अधारभूत तथा माध्यामिक विद्यालयहरु, विश्वसिवद्यालयहरुका पठनपाठनहरु २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने’, सरकारको निर्णयमा उल्लेख छ।

विश्वभर कोरोना भाइरस (कोभिड १९)को प्रकोप फैलिएपछि सरकारले त्यसको रोकथामका लागि यस्तो कदम चालेको हो।

यसअघि नै कोरोनाबाट पूर्वसावधानी अपनाउनका लागि शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने माग उठ्दै आएको थियो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै परीक्षा सकेका विद्यार्थीहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेका थिए।