तीन साता विद्यालय बन्द गर्ने विषयमा छलफल हुँदै - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

तीन साता विद्यालय बन्द गर्ने विषयमा छलफल हुँदै



काठमाडौं- सरकारले विद्यालय बन्द गर्ने विषयमा सरोकारवाला निकायहरुसँग आज छलफल गर्दैछ। कोरोना संक्रमण जोखिम बढ्दै गएपछि सीसीएमसीले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायहरुलाई छलफलका लागि आज बिहान ८ बजे बोलाएको हो।

बालबालिकामा नयाँ स्वरुपको कोरोना संक्रमणको जोखिम उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो।

विद्यालय बन्द गर्ने विषयमा छलफल गर्न मन्त्रालयले बोलाएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए । प्याब्सनले भने सरकार काठमाडौंसहित प्रमुख शहरहरुमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध गर्दै आएको छ।