वडाध्यक्ष बिष्टको पहलमा विद्यालयलाई बस हस्तान्तरण - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

वडाध्यक्ष बिष्टको पहलमा विद्यालयलाई बस हस्तान्तरण



कैलाली – कैलालीको घोडाघोडी नगरपालिका -२ का अध्यक्ष हरिराज बिष्टको पहलमा एक सामुदायिक विद्यालयलाई बस प्रदान गरिएको छ । अध्यक्ष बिष्टको पहलमा महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारत सरकारले केही दिन अघि दिएको बस आइतबार साडेपानिमा रहेको दशरथ माध्यामिक विद्यालयका व्यवस्थापन समितिलाई बस हस्तान्तरण गरिएको हो ।

महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारत सरकारले प्रदान गरेको ६ वटा बस मध्ये एक बस उक्त विद्यालयले प्राप्त गरेको वडा अध्यक्ष हरिराज विष्टले बताए । आफ्नो विषेश पहल मार्फत भारत सरकारले प्रदान गरेको बस वडामा ल्याउन सफल भएको हो । अध्यक्ष बिष्टले भने’, करिब तीन बर्ष देखि लगातारको प्रयासपछि बल्ल बस ल्याउन सफल भए ।’

“नेपाली कांग्रेसबाट चुनाब जितेको जनप्रतिनिधिले गाडी ल्याउन लाग्यो भनेर कोहि नेकपाका साथिहरुले रोक्न अहोरात्र सम्म प्रयास गरे ।” उनले थपे ,’ हाम्रै नगरपालिका भित्रका बालबालिकाहरुलाई सजिलोसँग विद्यालयमा आएर पठनपाठन गर्न सहज हुने हुँदा नगरको विकासको लागि सबै मिलेर लाग्नुपर्छ ।’

विद्यालय क्षेत्र विकास योजना अन्तर्गत नेपाल सरकारले दशरथ माध्यामिक विद्यालयलाई २०७४ सालमा नमुना विद्यालय समेत घोषणा गरेको थियो । महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारत सरकारले ३० जिल्लाका सरकारी निकाय र गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको भारतीय दूतावासले जनाएको छ ।

बस हस्तान्तरणपछि सामुदायिक विद्यालयमा सुविधासंगै विद्यार्थीको सङ्ख्या बढ्ने भएपनी शैक्षिक गुणस्तरमा पनि सुधार गर्नुपर्ने स्थानीयहरुले बताएका छन् ।