स्कुल बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्कुल बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते



इलाम : स्कुल बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका छन्। सोमबार बिहान मेची राजमार्गमा इलाम नपा १ बागखोर बजारस्थित राकेबाट आशादिप बोर्डिंङ स्कुलको विधार्थी बोकेर रक्सेतर्फ आउँदै गरेको मे १ ख १९५५ न.को बस विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा दुर्घटना हुँदा १४ विद्यार्थी घाइते भएका हुन्।

धाइतेमध्ये तीनजनाको इलाम अस्पतालमा उपचार भइरहेको छ भने अन्य ११ जनालाई बीएमसी अस्पताल बिर्तामोड पठाइएको छ।

सवार विद्यार्थीमध्ये १४ जना धाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। चालक इलाम देमाई नगरपालिका-१ का ३८ वर्षीय दिलबहादुर मगर र बस प्रहरी चौकी रक्सेको नियन्त्रणमा छ।