तत्काल विद्यालय बन्द नहुने, कक्षा पाँचसम्म अवस्था हेरेर बन्द हुने
काठमाडौं- निजी स्कुल सञ्चालकहरुले तत्काल विद्यालय बन्द नगर्ने बताएका छन् । शिक्षा मन्त्रालयले गरेको छलफलमा उपस्थित भएका प्रतिनिधिहरुले अहिले बन्द गर्न नसकिने बताएका थिए ।
कोरोनाको त्रास देखाएर अहिले विद्यालय बन्द गर्नुनपर्ने प्याब्सन, ऐन प्याब्सन, अभिभावक संघ, स्थानीय तहका प्रतिनिधिले अडान लिएका थिए ।
शिक्षा मन्त्रालयले बिहान छलफलका लागि प्याब्सन, ऐन प्याब्सन, अभिभावक संघ, स्थानीय तहका प्रतिनिधिलाई बोलाएको थियो । सबैजसोले अहिले विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको बताएका थिए ।
स्वास्थ्य मन्त्रालयले ठूला सहरमा रहेका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने बताएको थियो ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले अहिले कोरोना देखाएर तर्साइएको भन्दै अवस्था हेरेर बन्द गर्न सकिने विषयमा छलफल भएको बताए ।
तर बन्द नै गर्नुपरेमा कक्षा पाँचसम्म मात्रै बन्द गर्ने उनीहरुको धारणा थियो ।