महेश बस्नेतको नेतृत्वमा युथफोर्सको र्‍याली: सयौँ युवा सहभागी - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

महेश बस्नेतको नेतृत्वमा युथफोर्सको र्‍याली: सयौँ युवा सहभागी



काठमाडौं- नेकपा (एमाले) सांसद महेश बस्नेतको नेतृत्वमा युथफोर्सले शनिबार काठमाडौंमा र्‍याली निकालेको छ।

आज युथफोर्सले काठमाडौं उपत्यका कमान्ड घोषणा गर्दै छ। यसको पूर्वप्रधानमन्त्री एवंं एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गर्ने कार्यक्रम रहेको छ।

त्यसअघि युथफोर्सले -याली निकालेको हो। माइतीघर मण्डलबाट शुरू भएको र्‍याली बानेश्वरहुँदै बबरमहल पुग्ने कार्यक्रम रहेको छ। बबरमहलको कार्की ब्यांक्वेटमा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका छन्।

यसअघि सांसद बस्नेतकै नेतृत्वमा भक्तपुरबाट मोटरसाइकल र्‍याली निकालिएको थियो। र्‍यालीमा सयौं युवा सहभागी छन्।

सरकारले कोभिड-१९ को तेस्रो लहर आउनसक्ने जनाउँदै भीडभाड नगर्न, सभा, सभारोह तथा जुलुस निकाल्न रोक लगाएको छ। भीडभाड हुने भन्दै शैक्षिक संस्था बन्द रहेका छन्।