ठुलो दुर्घटनाबाट बँच्यो सौर्य एअरलाइन्सको जहाज: दुई दिन उडान नहुने ! - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

ठुलो दुर्घटनाबाट बँच्यो सौर्य एअरलाइन्सको जहाज: दुई दिन उडान नहुने !



विराटनगर : काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको बिमानमा चरा ठोक्किएको छ।

९ एनएएमइ बिमान नम्बरको सौर्य एयरलाइन्सको उडान नम्बर ७२१ को बिमानमा चरा ठोक्किएसँगै दुई दिनको उडान रद्ध भएको छ। चरा ठोक्किएका कारण बिमानको बायाँ पंखामा क्षति पुगेको छ।

चरा ठोक्किएको बिमान विराटनगर विमानस्थलमै ग्राउण्डेड भएको छ। एयरलायन्सका इन्जिनियरहरूले विमानको क्षति पुगेको बायाँ पंखाको मर्मत गरिरहेका छन्। बिहान विराटनगरका लागि काठमाडौंबाट उडेको विमान टेकअप हुने बेलामा एक हूल चराको समूहमा ठोक्किएको विराटनगर विमानस्थलका निमित्त प्रमुख सन्तोष ढकालले जानकारी दिए।

विमानमा ४८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। सकुशल विराटनगर विमानस्थलमा ल्याण्ड गरेको विमानले सोमबार हुने भनिएको ४ वटा उडान भर्न सकेन। इन्जिनियरहरूले बिमानको अवस्थाबारे हेरेर दिने रिपोर्टका आधारमा उडान सुचारु गरिने ढकालको भनाइ छ।