साउदी राजपरिवारका १ सय ५० सदस्यलाई नै कोरोना संक्रमण - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

साउदी राजपरिवारका १ सय ५० सदस्यलाई नै कोरोना संक्रमण



एजेन्सी- साउदी अरबको राजपरिवारका एक सय ५० सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरिएको छ। राजा सलमान र मोहम्मद बिन सलमान दुवै आईसोलेसनमा बसेका छन्।

रियादस्थित इलाइट किङ फैजल अस्पतालका चिकित्सकले राज परिवारलाई पाँच सय शैय्या तयार गर्न भनेको बताएका छन्।

देशभर रहेका भिआईपीका लागि ती शैय्याको माग गरिएको हो। चिकित्सकलाई हाई अलर्टमा बस्न पनि भनिएको छ।

अस्पतालले ‘टप अर्जेन्ट’ विरामीलाई मात्र उपचारका लागि लिने जनाएको छ। ८४ वर्षीय सलमान जेदाहस्थित एक टापुमा रहेको दरबारमा बसेका छन् भने युवराज मोहम्मद बिन सलमान ग्रामिण क्षेत्रमा बसेका छन्।

साउदी राज परिवारमा १५ हजार सदस्य छन्। राजकुमारहरु धेरै छन्। उनिहरु नियमितरुपमा युरोप गइरहने भएकाले उतैबाट भाइरस ल्याएको हुन सक्ने आशंका गरिएको छ।

न्युयोर्क टाइम्सका अनुसार रियादका गभर्नर रहेका राजकुमार फैजल बिन बन्दर बिन अब्दुल्लाहजिज अल साउदी कोरोना भाइरसको संक्रमणपछि आईसीयूमा उपचार गराइरहेका छन्। उनको उमेर ७० वर्षभन्दा माथि छ।

३ करोड ३० लाख जनसंख्या रहेको साउदी अरबमा कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु भइसकेको छ भने २ हजार ९ सय ३२ जना संक्रमित भएका छन्।