साउदीको विश्वकप टिम चढेको विमानमा आगलागी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

साउदीको विश्वकप टिम चढेको विमानमा आगलागी



विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका साउदी अरेबियाका खेलाडी तथा खेल पदाधिकारी चढेको विमानमा आगो लागेको छ ।

विमानको इन्जिनमा आगलागी भएको हो । तर खेलाडी तथा खेल पदाधिकारी र विमानका अरु सदस्य सुरक्षित रुपमा रोस्तोभ पुगेका छन् । साउदी अरेबियाले बुधबार आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्नेछ ।

समूह ए मा रहेको साउदी अरेबिया उद्घाटन खेलमा आयोजक रुससँग पराजित भएको थियो । विमानको इन्जिनमा आगो लागे पनि आफ्ना सबै खेलाडी र खेल पदाधिकारी सुरक्षित रहेको साउदी अरेबियाले जनाएको छ ।

उसले भनेको छ, ‘साउदी राष्ट्रिय टिमका सबै खेलाडील सुरक्षित रुपमा आइपुगे र अहिले आ आफ्नो होटलमा बसेका छन् । विमानमा लागेको आगो सानो दुर्घटनामा मात्रै थियो ।’