एनपी साउदमाथि ओली समुहले गरे आक्रमण: केही घाइते - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

एनपी साउदमाथि ओली समुहले गरे आक्रमण: केही घाइते



बैतडी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदमाथि सत्तारुढ दल नेकपाका कार्यकर्ताले ढुङ्गामुढा गरेका छन्।

बैतडीको डिलासैनी गाउँपालिका-३ स्थित पनसेरामा कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकटका कार्यकर्ताले आक्रमण गरेको साउदका सहयोगी दीपक जोशीले जानकारी दिए।

साउदको खुट्टामा चोट लागेको बताइएको छ। ओली निकटका कार्यकर्ताको ढुङ्गा प्रहारबाट अरु केही कांग्रेस कार्यकर्ता पनि घाइते भएको जोशीले जानकारी दिए।

ओली समूहका जिल्ला अध्यक्ष सुरेन्द्र पालको घर भएको स्थानमा कांग्रेसले कार्यक्रम गरेको थियो। ओली समूहका कार्यकर्ताले आफ्नो पकड एरियामा कार्यक्रम गरेको भनि आक्रमणमा उत्रिएको जोशीले बताए।

सत्तापक्षको कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि कांग्रेस सभा बिथोलिएको थियो। केही समय रोकिएको कार्यक्रम पुनः सुरु गरेर टुंगिएको जनाइएको छ।