सत्यमोहन जोशीलाई आइसीयुमा सारियो - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

सत्यमोहन जोशीलाई आइसीयुमा सारियो



शताब्दि पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन् । उनलाई काठमाडौंस्थित किष्ट अस्पतालमा भर्ना गरिएको छ । उनलाई सो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको छ ।

चिकित्सकहरुले जोशीमा फाइब्रो ब्रोङ्कएक्टेसिस समस्या देखिएको जनाएका छन् । उनलाई शुक्रबार रातिदेखि आईसीयूमा राखिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो । अहिले उनको अवस्था सन्तोषजनक रहेको बताइएको छ ।