सरकारको बिरोध र डा. केसीको समर्थनमा सामूहिक सत्याग्रह - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

सरकारको बिरोध र डा. केसीको समर्थनमा सामूहिक सत्याग्रह



चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा आइतबारदेखि नागरिक समाजका अगुवाहरू सामूहिक सत्याग्रहमा बस्ने भएका छन्।

सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा उनीहरूले अहिले बिहान १० बजे वसन्तपुर डबलीमा सत्याग्राह सुरु गर्ने भएका हुन्।

आम नागरिकको सहभागितामा गर्न लागिएको सत्याग्रह बिहान १० देखि साँझ ५ बजेसम्म जारी रहने आयोजकले जनाएको छ।

डा. केसीको माग सम्बोधन नभएको भन्दै शनिबार पनि प्रबुद्ध समूहले काठमाडौंमा प्रदर्शन गरेको थियो। केसीका जायज माग पूरा नगरे देशमा आगो बल्ने चेतावनी उनीहरूले दिएका छन्।