शान्ता चौधरीले प्रचण्डको सत्य थाहा पाएपछि... - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

शान्ता चौधरीले प्रचण्डको सत्य थाहा पाएपछि…



काठमाडौं- नेकपा ओली समूहकी नेतृ शान्ता चौधरीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जानेकी छन् । उनले प्रचण्डले भारतीय पक्षपोषण गर्नु खेदजनक भएको बताएकी छन् ।

प्रचण्डले एक टेलिभिजनसंगको अन्तर्वार्तामा भारतलाई समेत सहज हुनेगरी काम गर्ने संकेत गर्दै बोलेपछि चौधरीले सामाजिक सञ्जालमार्फत आपात्ति जनाएकी हुन् ।

नेतृ चौधरीले लेखेकी छन्, ‘सत्य आफ्नै मुखबाट उजागर हुन्छ भन्थे हो रहेछ । भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरी सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो ।’

उनले आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु अनि अहिले भारत सुहाउँदो सरकार बनाउनु पर्छ भन्ने कुरा आउनु खेदजनक भएको भन्दै चौधरीले राष्ट्रप्रेमी नेपालीहरु यस्ता हर्कतबाट जोगिएर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताइन् ।

उनले नेपाली जनता ठूलो त्याग गरेर देशमा स्वाभिमान, समृद्धि र स्थिरता कायम हुन्छ भन्ने हेतुले ठूलो राजनीतिक परिवर्तनको बाहक बनेका भन्दै सोही कारण नेकपालाई झन्डै दुई तिहाई मत दिएर जिताएका बताएकी छन् ।

विदेशी इसारामा नेपाली जनताको यो भावनाको अपमान हुने गरी विगत एक वर्षदेखिका अनेक हर्कत भएका रहेछन् भन्ने अब प्रस्ट भएको उनले बताइन् ।