सट्टेबाजी धन्दा पनि दाउदकै - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

सट्टेबाजी धन्दा पनि दाउदकै



नेपाल र बेलायतबाट सट्टेबाजको धन्दा चलाउने गिरोहका प्रमुख अमृत भनिने नथमल अग्रवाल (नागराज) अन्तर्राष्ट्रिय अन्डरवल्र्ड डन दाउद इब्राइमको नेपाल प्रतिनिधि भएको खुलेको छ।

नागराजलाई गैरकानुनी बाजी सट्टेबाजको धन्दा चलाएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार राति पक्राउ गरेपछि उनी दाउदका प्रतिनिधि भएको स्पष्ट भएको दाबी प्रहरी अधिकारीहरूको छ। अग्रवाल दाउदले सञ्चालन गर्ने अवैध धन्दा सट्टेबाजको नेपाल प्रतिनिधि भएको प्रहरीले जानकारी दियो।

विश्वकप फुटबल चलिरहेका बेला नागराजका नाममा दुई करोड ४० लाख रुपैयाँ सट्टेबाजमा ठगी गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उनी काठमाडौं पानीपोखरीबाट पक्राउ परेका हुन्। ‘उनको कनेक्सन भारतीय अन्डरवल्र्डसम्म देखिएको छ।

आजको नागरिक दैनिकमा यो खबर छ, उनी नेपालमा सट्टेबाजको संस्थापक हुन् भने भारतमा उनको लालचन्दलगायका सट्टेबाजसँगको सहकार्य भएको बुझिन्छ’, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहले भने। एसएसपी सिंहका अनुसार नेपाली नागरिक अग्रवाल धेरैजसो भारतमा बस्दै आएका छन्। महाशाखाका डिएसपी रुगम कुँवर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको सिंहले बताए।