सत्तारुढ नेकपामा लफडा ,सांसद दुई तिर बाडिए - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

सत्तारुढ नेकपामा लफडा ,सांसद दुई तिर बाडिए



काठमाडौं– गुठी विद्येयक विवादित बनेपछि सत्तारुढ दल नेकपाका सांसद दुई ध्रुवमा विभाजित भए ।

काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसद र नेता विद्येयक फिर्ता गर्नुपर्ने पक्षमा उभिए, काठमाडौं  बाहिर खासगरी पश्चिम क्षेत्रका सांसदले विद्येयक जसरी पनि अघि बढाउनुपर्ने भन्दै संसद्भित्र चर्को आवाज उठाए । नेकपा सांसदको यस्तो दुई धार एक साताअघि लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा पनि देखिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन रद्द गर्न निर्देशन दिने कि नदिने भन्नेमा नेकपाका सांसदहरु एकमत देखिएनन् ।

अहिले आफ्नै नेतृत्वको सरकारले ल्याएको बजेटमाथि संसद्मा छलफल चलिरहेको छ । नेकपा सांसदहरु बजेटकै विपक्षमा बोलिरहेका छन् । कान्तिपुर दैनिकबाट