गण्डकीमा सत्ताको खेल: सरकारले नै माग्याे सभामुखको राजीनामा
काठमाडौं- गण्डकी प्रदेश सरकार दिनभरका घटनाले चर्चामा छ । यस्तैमा प्रदेशसभाका सभामुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठेको छ ।
सरकारका प्रवक्ता एवं भाैतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सभामुखले राजीनामा दिनुपर्ने बताएका छन्। उनले कानुन विपरित काम गर्ने सभामुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।
सभामुखले प्रतिपक्षको कुरा मानेर सदन स्थगित गरेको भन्दै उनले अशन्तुष्टी जाहेर गरेका थिए । कार्यतालिका सार्वजनिक गरिसकेपछि त्यसउपर कारबाही नगरी संसद स्थगित गर्नु असंवैधानिक रहेको बताउँदै उनले सभामुखको राजिनामा मागेका छन् ।
सांसद नै हराएपछि प्रतिपक्षले अविश्वासको प्रस्ताव फेल खानसक्ने अवस्था आएको थियो । सभामुखले असंवैधानिक तरिकाले बैठक स्थगित भएको सूचना टाँसेको भन्दै सत्तापक्ष रुष्ट बनेको छ ।’