सत्ता गठबन्धनको बैठक जारी, माधव नेपाल समूह पनि सहभागी - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

सत्ता गठबन्धनको बैठक जारी, माधव नेपाल समूह पनि सहभागी



काठमाडौं- प्रधानमन्त्री शेरवहादुर देउवाले बोलाएको सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरू भएको छ । मन्त्रिपरिषद विस्तार तथा सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा एमालेको माधव नेपाल पक्ष पनि सहन्हागी भएको छ । माधव नेपालले आफ्नो तर्फबाट प्रतिनिधि पठाएका छन् । यसअघिको शीर्ष बैठकमा नेपाल आफैं सहभागी हुँदै आएका थिए ।

अहिले भने पार्टीका नेताहरूले पार्टी एकताको वातावरण बिग्रने भन्दै नेपाललाई गठबन्धनका बैठकमा सहभागी नहुन आग्रह गरेका छन् । नेपालले एमाले एकताको प्रयास चलिरहने र आफ्नो पक्ष सरकारमा सहभागी पनि हुने बताएका थिए ।