भ्रष्टाचारीको सात्तो लिने अख्तियार प्रमुख राईको सुरुवात - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

भ्रष्टाचारीको सात्तो लिने अख्तियार प्रमुख राईको सुरुवात



काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको पछिल्लो अभिव्यक्तिले भ्रष्टाचारीहरूको सात्तो गएको छ । उनले अख्तियारमा अहिलेसम्म नभएको काम गर्ने अभिव्यक्ति समेत दिएका छन् ।

उनले दोषी जो भएपनि कारबाहीको दायरामा ल्याउने घोषणा समेत गरे । अख्तियार दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरिने समेत उनले बताएका छन् । उनले कुनै प्रतिशोध र पूर्वाग्रहका आधारमा निदोषर्लाई फसाउने गरी कुनै निर्णय नगरिने पनि स्पष्ट पारे।

प्रमुख आयुक्तमा नियुक्त भएकामा आफूलाई बधाई दिन आयोग परिसरमा पुगेका काठमाडौं महानगरपालिका २९ का स्थानीयवासी, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीसँगको कार्यक्रममा उनले सो धारणा राखेका हुन।

मुलुकमा भ्रष्टाचार नरोकिएकामा चिन्ता व्यक्त गर्दै उनले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु चुनौती रहेको बताउँदै आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने जनाए।

भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरिककोसमेत सहयोग आवश्यक परेको उल्लेख गर्दैै उनले सोका लागि सबैको साथको अपेक्षा गरे।

साे अवसरमा वडाध्यक्ष अध्यक्ष कुशकुमार ढकाल, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, सामाजिक विकास समाजका कार्यवाहक अध्यक्ष ओमप्रसाद उप्रेती, घट्टेकुलो नमूना नगर टोल सुधार समितिका अध्यक्ष इन्द्रसुर राई र समितिका कार्यक्रम संयोजक मोहनकुमार डाँगीले राईलाई बधाईसहित प्रमाणपत्र प्रदान गरेका थिए।