पुराना सहकर्मी फर्काउने फर्काउने प्रचण्डको दाबी - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

पुराना सहकर्मी फर्काउने फर्काउने प्रचण्डको दाबी



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो घरातल छाडेर विभिन्न पाटीहरुसँग सहकार्य गर्दा आफूहरु कमजोर भएको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो धरातल र साथीहरु छुट्दा आफूहरु कमजोर भएको बताएका हुन्।

‘योसँग मिले होला कि, त्योसँग मिले होला कि, यो गरे होला कि, त्यो गरे होला कि भनेर धेरै गरियो’, प्रचण्डले भने, ‘तर आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर देखिएको हो।’

‘योसँग मिले होला कि, त्योसँग मिले होला कि, यो गरे होला कि, त्यो गरे होला कि भनेर धेरै गरियो’, प्रचण्डले भने, ‘तर आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर देखिएका हौँ।’

उनले यसअघि माओवादी आन्दोलनबाट अलग भएका मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लव र डा. बाबुराम भट्टराईप्रति संकेत गर्दै यस्तो बताएका हुन्।

उनले अब आफू आफ्नै खुट्टामा उभिने र धर्तीसँग जोडी र पुराना साथीहरुलाई एकतावद्ध गर्ने बताए।

‘आफ्नै धर्तीसँग जोडिने, आफ्नै खुट्टामा उभिने र आफ्नै पुराना साथीहरुलाई एकतावद्ध गर्ने, क्रान्तिकारी साथीहरुसँग भर पर्ने छौ’, उनले भने।