स्थानीय जनतालाई कम क्षेती हुनेगरी ढोरपाटन सडकले निकास पाउने माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीको भनाई
हिमाल पोस्ट /अर्घाखाँची,फागुन २५
नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोप बहादुर रायमाझीले स्थानीय जनतालाई कम क्षेती हुनेगरी पहिलो विकल्पबाटै ढोरपाटन सडकले निकास पाउने बताएका छन् ।
नयाँ एफ.एम.को बिहानी प्रस्तुति नयाँ संवादमा स्टेसन म्यानेजर हरिप्रसाद भुसालसंग कुरा गर्दै रायमाझीले नेपालकै महत्वको सडक भएका कारण यसलाई अवरोध गर्नु गलत रहेको बताउका थिए ।
जिल्लाको विकासको लागि आफू निरन्तर सङ्घर्ष गरिरहेको भन्दै रायमाझीले दुवै निर्वाचन क्षेत्रलाई समदुरीमा राखेर विकासका गतिविधि अगाडी बढाएको दावी गरेका थिए ।