मैले नै सात जना महिलाको हत्या गरेँको हुँ - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

मैले नै सात जना महिलाको हत्या गरेँको हुँ



साइप्रसमा एक व्यक्तिले सात महिलाको हत्या गरेको आरोप स्वीकार गरेका छन् । स्थानीय सञ्चार माध्यमले यसलाई साइप्रसमा ‘सिलसिलेवार हत्याको पहिलो घटना’ उल्लेख गरेका छन् ।

दुई वटा शव यसै महिना एक खदानको सडकमा भेटिएको थियो भने तेस्रो केही दिन पहिले भेटिएको थियो । मुख्य संदिग्ध ३५ वर्षका ग्रीक–साइप्रस मूलका सैन्य अफिसरले अरु पनि हत्या गरेको स्वीकार गरेका हुन् ।

उनले हत्या किन गरे भन्ने बारे प्रहरीले बयान लिइरहेको छ ।

उनीबाट प्राप्त सूचनाका आधारमा प्रहरी बाँकी शवको खोजी गरिरहेको छ । यसमा एक महिला भारतीय वा नेपाली मूलकी रहेको पनि बताइएको छ ।
सिलसिलेवार हत्यामा ज्यान गुमाउने मध्ये एक रोमानियाकी महिला र उनकी आठ वर्षकी छोरी पनि छन् ।

हत्या गरिएकी एक अर्की महिलाको ६ वर्षकी छोरी पनि बेपत्ता छिन् । सुरक्षाकर्मीले थप एक महिलाको शव फेला परेका छन् । आरोपीले नै सुरक्षाकर्मीलाई शव भएको स्थानमा लगेका थिए ।

आरोपी र यी महिलाको भेट एक डेटिंग वेबसाइट मार्फत भएको थियो । अहिलेसम्म बरामद भएका शवहरु फिलिपिन्सका महिलाहरुको रहेको बताइएको छ ।
आरोपीको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन ।