ससुराद्वारा दाउराले हानेर गर्भवती महिलाको निर्मम हत्या - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

ससुराद्वारा दाउराले हानेर गर्भवती महिलाको निर्मम हत्या



काठमाडौं । काभ्रेको चौरी देउराली गाउँपालिका ५ गनेटारमा गत १७ गते एक गर्भवती महिलाको निर्मम हत्या भएको छ ।

१८ बर्षीया गर्भवती बिपना ढकाल चौलागाईलाई उनका ससुरा पदमलाल चौलागाईले दाउराले हानेर हत्या गरेको प्रहरी समक्ष स्वीकार समेत गरिसकेका छन् । पोस्टमार्टमको क्रममा मृतक महिला गर्भवती रहेको पुष्टि भएको हो ।

बिपन्न परिवारमा जन्मिएकी बिपनाले १५ बर्ष मै प्रेम बिबाह गरिन् । घरमा आफ्नो सम्बन्ध बारे बिपनाले माइतीमा राम्रो नै रहेको बताउदै आएकी थिइन् । तर १७ गते सामान्य घरयासी झगडामा उनका ससुरा पदमलाल चौलागाईले गर्भवती बिपनालाई चिरपट प्रहार गरी हत्या गरे र बुहारीको शबलाइ जंगलमा लगेर पुरे ।

आफन्तले दिएको सुचनाबाट प्रहरीले हत्यारा पदमलाल र शव लुकाउन संलग्न उनकी श्रीमती जमुना र र छोरी सन्तोषीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । यता बिपनाका पिता मिन बहादुर ढकालले आफ्नो छोरीको हत्यारालाइ हदै सम्मको कारबाही हुनु पर्ने माग गरेका छन् ।

बिपन्न परिवार की बिपनाको हत्यारा उम्किएला भन्ने चिन्ता आफन्तको छ । बिपनाको परिवारलाई आफन्त र गाउँलेले साथ दिंदै प्रहरीलाई हत्यारा नउम्कियोस् भन्ने चेतावनी समेत दिदै आएका छन् ।

शुक्रबार महाराजगंज शिक्षण अस्पतालमा पोस्टमार्टमको क्रममा बिपना ४ महिनाकी गर्भवती रहेको पुष्टि भएको हो । यसरी घर भित्रै एक गर्भवती महिलाको निर्मम हत्या हुनु समाजको क्रुरताको पराकाष्ठा हो