प्रहरी भित्रका किराहरु फाल्ने क्रम सुरु भइसक्योः सर्वेन्द्र खनाल - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

प्रहरी भित्रका किराहरु फाल्ने क्रम सुरु भइसक्योः सर्वेन्द्र खनाल



चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीभित्रका ‘किरा’हरुलाई फाल्ने क्रम सुरु भएको बताएका छन् । उनले प्रहरी संगठनमा नै बसेर संगठनको वदनाम गर्ने त्यस्ता किराहरुलाई आउट गर्ने काम सुरु भैसकेको बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै खनालले जनताले अनुभूति गर्ने गरी अपराध नियन्त्रण तथा अनुसन्धानको कार्यलाई अगाडि बढाइएको बताए ।

उनले भने, ‘केहि कामहरुको जनताले अनुभूति गर्नु भइसकेको छ । अब हाम्रो प्रथामिकता अपराध नियन्त्रण गर्ने नै हो ।’

प्रहरी प्रमुख खनालले केही नालायक सदस्यहरुले गरेका अपराध कर्मलाई लिएर पुरै प्रहरी संगठनसँग जोड्न नमिल्ने बताए ।

राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्ने भन्दै उनले भने ‘संगठनमा केही त्यस्ता केही किराहरु हुन्छन् । त्यसलाई फाल्नुपर्छ ।’

उनले प्रदेशमा प्रहरीको संरचना कसरी व्यवस्थापनबारे गृह मन्त्रालयले काम गरिरहेको उनलेबताए । प्रहरी प्रमुख खनालले सरकार र जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।