राष्ट्रपतिले बोलाईन सर्वदलीय बैठक
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छिन्। मंगलबारका लागि सर्वदलिय बैठक बोलाइएको छ ।
पूर्वप्रधानमन्त्रीहरू तथा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षहरूलाई बैठकमा बोलाइएको हाे।
मंगलबार दिउँसो ४ बजे सर्वदलीय बैठकमा सहभागी हुनका लागि राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्री र सबै राजनीतिक दलका अध्यक्षलाई पत्र पठाइएको छ ।
लामो समयदेखि राष्ट्रपतिले सर्वदलीय बैठक बलाएकी छैनन् । पछिल्लो पटक सरकारले लिम्पियाधुरासहितकाे नयाँ नक्सा जारी गर्नुभन्दा पहिले दलहरूलाई बोलाएकी थिइन् ।
प्रतिनिधीसभा विघटन गर्दा आलोचनाको सिकार बनेकी यो पटक किन बैठक बोलाइन भन्ने खुलेको छैन ।
राष्ट्रपति कार्यलयले दलहरुका बीचमा प्रतिनिधिसभा विघटनपछि दूरी बढ्दै गएपछि भण्डारीले सर्वदलीय बैठक राखेको दाबी गरेको छ।