शिक्षामन्त्रीका निजी सचिवको सरुवा धन्दा - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

शिक्षामन्त्रीका निजी सचिवको सरुवा धन्दा



काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुष्प ढकाल काठमाडौं महानगरपालिकाको शिक्षा विभाग प्रमुखमा सरुवा हुन चलखेल गरिरहेका छन्। मन्त्रालयका उपसचिव निर्मला केसीको अवकाश हुने भएपछि मंसिर अन्तिमदेखि कामपा शिक्षा विभाग खाली हुँदै छ।

ढकाल धनुषाको नगराइन नगरपालिकामा हाजिर नभई सोर्सफोर्सकै आधारमा चितवनको माडी नगरपालिका शिक्षा प्रमुखमा हाजिर हुन पुगेका थिए ।

माडी नगरपालिका शिक्षा शाखा प्रमुख भए पनि अधिकांश समय शिक्षा मन्त्रालयमा काम गरिरहेका ढकाल मन्त्रीकै पहलमा महानगरपालिका आउन खोजिरहेका छन् ।

मन्त्री पोखरेलले निजी सचिव ढकाललाई कामपा शिक्षा विभागमा सरुवा गर्न स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला र कामपाका प्रमुख प्रशासकीय अधिकृत सचिव केदार न्यौपानेलाई आग्रह गरिकेका छन् ।

‘महानगरपालिकामा खाली द्महुने जानकारी पाउनासाथ मन्त्री पोखरेलले दुई सचिवलाई मन्त्रालयमै बोलाएर समायोजन गरी महानगरमा राख्न आग्रह गरिसकेको आजको नेपाल समाचारपत्रमा खवर छ ।