राजनैतिक तमासा
शर्मिला अधिकारी
बहुदलमा चलिहाल्छ नि भनेर ४६ सालको प्रजातन्त्र पछि रमाएकी अलिअली थाहा छ।कुरा कति बुझेकी थिए,तर बाल सखाहरुसङ आहा बहुदल भनेको याद छ।के थियो बहुदल त्यो मलाई थाहा थिएन।त्यस पछिका स्थानीय र संसदीय गरि ५ चुनावमा खुबै रमाए।२०६२/६३ मा बिराटनगर महेन्द्रचोकमा आन्दोलन र विजयको उल्लासमा खुबै नाछे पनि।संविधानसभाको दुवै चुनावमा भोट खसालियो।
तासको “सिक्वाइन्स” मिलाएझै प्रधानमन्त्रीहरु थुत्दै,छान्दै,राख्दै र फाल्दैको तमासा पनि देखे।एउटा आशाको त्यान्द्रो वा घिड्घिडो बाकी थियो,संविधान,त्यो पनि पाइयो।संविधान पाएर मख्ख परियो।त्यो दियो उज्यालो हुन्छ भन्ने सोचियो, तर दन्किएर डढेलो लागे झै प्रतीत पो भयो। जताततै अँध्यारो मात्र देख्दैछु आजकल। प्रधानमन्त्री ज्यु, मैले देखेका अध्यारा-शैक्षिक प्रतिस्ठान,स्वास्थ्य सस्था,कलकारखाना,सहरका फोहोरका डङुर,मालपोतको कुना,सुगममा पनि नटिप्ने टेलिकमको नेटवर्क,कहिल्यै ननिखृने नौविसे नागढुङ्गाको जाम,पहिरोको मुखको बस्ती,काठका जिर्ण पुल,फलेका तर्कारी,भित्र्याइएका फलफूल र जुस,विधार्थिले लेख्ने कपिका कभरमा रंगिएका अश्लिल चित्र,घरमा बत्ती जोड्न वकिलले मात्र भर्न सक्ने विधुत प्राधिकरणको फारम,सडक लेन मिछे जरिवाना एक सेकेन्ड मै हुने चुस्त ट्राफिक संयन्त्र अनि भरिएको नाली चाहिँ महिनौं नसोहोर्ने सडक विभाग,मुद्दाको खात लागेको न्यायलय,अख्तियार कार्यलय,बस्तिमा पस्ने तराइका इमान नभएका खोलाहरु,बिना मलजलको मुल्यवृद्दी,हरेक वर्ष एक मिटर वा फिट मात्र चौडा गर्न मिल्ने सडक विस्तार,नक्सान्कन नगरिएका डोजर मात्र जान सक्ने गाउँ गाउँमा बिकासे बाटा,मेलम्चिको आयोजना,फार्मेसीका औसधि नभएका रित्ता प्याकहरु,टेवा लगाएर ठड्याइएका सास्कृतिक सम्पदाहरु,पालभित्रै मुखमा पानी तप्प परेर पधेरा सम्म पानी पिउन जानै नपर्ने भुकम्प पिडितहरु,सरकारले दिने राहतको पैसा लिने भए सुगममा होइन,फेरि त्यहीँ पहिरो र भुकम्पले थिलथिलो पारेको पहाड मै घर बनाउनु पर्छ भन्ने सरकारि नियम।सेनाले सक्छु भनेको काम पल्ला घरका रिसाउछन भनेर वर्षौ अलपत्र पारिएका आयोजनाहरु अनि विभिन्न वर्ग,पेसा,क्षेत्रकाहरुको अधिकार प्राप्तिका आन्दोलन र निकट भविस्यमै भने जति कुनै पनि चुनाव गर्न नसकेर संसदको समय सकिए पछि तलब पाउनका लागि नेताहरुले अधिकारका लागि सुरु गर्ने आन्दोलन।यी र आदि सवालमा मैले अँध्यारो मात्रै देख्न थाले। मलाई चस्मा चाहिदैन,स्वस्थ छु तर ती अध्यारा कहिले हट्छन??
जय नेपाल