सरकारी कार्यालयमा बेहाल: चियापान र मनोरञ्जनमै १ अर्ब ५८ करोड खर्च - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सरकारी कार्यालयमा बेहाल: चियापान र मनोरञ्जनमै १ अर्ब ५८ करोड खर्च



काठमाडौं- आर्थिक वर्ष २०७५/७६ मा सरकारले मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायत शीर्षकमा रु.१ अर्ब ५७ करोड ९७ लाख खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

महालेखा परीक्षकको ५७ औं प्रतिवेदनका अनुसार मनोरञ्जन, चियापान लगायतका विविध खर्च हुने शीर्षकमा रु.१ अर्ब ३२ करोड ८५ लाख बजेट विनियोजन भएकोमा १८.९१ प्रतिशत वृद्धि गरी खर्च गरिएको हो।

यसैगरी, विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्चमा रु.६ करोड ८५ लाख बजेट व्यवस्था गरेकोमा १४८.२० प्रतिशत बढी हुनेगरी रु.१७ करोड खर्च गरेको महालेखाले औंल्याएको छ ।

सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता ल्याउन कायम गर्ने नीतिगत मार्गदर्शन, २०७५ जारी गरेपनि कार्यान्वयन नगरेको महालेखाले टिप्पणी गरेको छ।