सरकारी कर्मचारीलाई १० दिनको पर्यटन सुबिधा - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

सरकारी कर्मचारीलाई १० दिनको पर्यटन सुबिधा



काठमाडौं- सरकारले सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित पर्यटन काज उपलब्ध गराउने भएको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गरेका हुन्।

आन्तरिक पर्यटनलाई प्रवर्दन गर्न निजामति, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित पर्यटन काज उपलब्ध गराइने भएको हो।

निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई पनि सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने अर्थमन्त्री पौडेलले बताए।