बेरोजगार हुनुहुन्छ ?, ३७ हजार जागिर खोल्दैछ सरकार - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

बेरोजगार हुनुहुन्छ ?, ३७ हजार जागिर खोल्दैछ सरकार



कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ ।

संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकमा सो विषयमा जानकारी गराएको हुन् ।

कर्मचारी समायोजनमा देखिएका समस्याबारे छलफल गर्न बसेको बैठकमा समितिका सदस्यहरुले खटाइएको ठाउँमा जान इन्कार गर्दै मन्त्रालयमा निवेदन दिएका करिब १२ हजार असन्तुष्ट कर्मचारी विषयमा जिज्ञासा राखेका थिए ।

यस विषयमा केही सांसदले सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्ने धारणा राखेका थिए भने कहीले संघबाट प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने व्यवस्था नै संघीयताविपरीत भएको बताएका थिए । नागरिक दैनिकबाट