सरकारी गाडी ठाउँको ठाउँ कब्जामा - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

सरकारी गाडी ठाउँको ठाउँ कब्जामा



पत्रपत्रिका/नयाँ पत्रिका-

काठमाडौं – ट्राफिक प्रहरीले शनिबार काठमडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ ।

सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारी साधन नियन्त्रणमा लिइएको हो ।

गृहमन्त्री रामबहादुर थापाले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिए ठाउँको ठाउँ कब्जामा लिन शुक्रबार ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि शनिबारबाटै कारबाही अघि बढेको हो ।

शनिबार २० चारपाङ्ग्रे गाडी र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।