सरकार र राष्ट्रपतिको रबैयाप्रति वाइसीएलको आक्रोस - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

सरकार र राष्ट्रपतिको रबैयाप्रति वाइसीएलको आक्रोस



काठमाडौं। वाइसियलका अध्यक्ष दिपशिखाले जनताको रगतको जगमा गणतन्त्र आएको भन्दै आफ्नो हैसियत सम्झिन सरकार र राष्ट्रपतिप्रति आक्रोश पोखेका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुतीमा राष्ट्रपतिले प्रयोग गरेको भाषा र संसद जाँदा आउँदा जनतालाई दिएको सास्तीप्रति तत्कालिन माओबादी केन्द्रको भ्रातृ संगठन वाइसीएलले तीव्र आक्रोस पोखेको छ। पूर्व एमाले र माओबादी केन्द्रको पार्टी र जिल्ला तहमा (केही असन्तुष्टिका बाबजुद) अध्यक्ष र सचिव टुंगो लागे पनि, अरु जनबर्गीय संगठनको अस्तित्व अद्यापी कायम छ।

राष्ट्रपतिले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रयोग गरिएको “मेरो सरकार” शब्दावली प्रति चौतर्फी आलोचना भइरहेको बेला, माओबादी केन्द्रको जुझारु संगठन वाइसीएलले एक कमद अगाडी बढेर आक्रोस पोखेको छ।

समाजिक संजाल ट्वीटरमा आक्रोसको आगो ओकल्दै वाइसीएल अध्यक्ष राम प्रसाद सापकोटा दीपशिखाले, राष्ट्रपतिले प्रयोग गरेको भाषालाई भद्दा र समान्ति संस्कारको नमूना भनेका छन्। राष्ट्रपति संसद भवनमा जाँदा आउँदा सडक र आकाश समेत खाली गराएर जनतालाई सास्ती दिएको भन्दै आपत्ति जनाएका छन्। जनताको रगतको जगमा गणन्त्र आएको भन्दै आफ्नो हैसियत सम्झिन समेत उनले सरकार र राष्ट्रपतिलाई सम्झाएका छन्।