सरकारले सीधै केसीसँग वार्ता गर्ने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सरकारले सीधै केसीसँग वार्ता गर्ने



काठमाडौं – सरकारले अनशनरत डा. गोविन्द केसीसँग सिधै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष रूपमा केसीसँग वार्ता गर्ने निष्कर्षमा पुगेको हो ।

बिचका व्यक्ति वार्तामा बस्दा समस्या समाधानभन्दा समस्या भएको ठहर गर्दै सरकार आफैँ वार्तामा बस्ने निष्कर्षमा पुगेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सरकारले सिधै केसीसँग वार्ता गर्न वातावरण बनाइरहेको बताए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

केसीसँग वार्ता गर्दा सरकारको वर्तमान वार्ता टोली पनि हुनेछैन। केसीले मन्त्रिस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने अडान राखेकाले सरकार यही तयारीमा लागेको हो ।