सरकार र विप्लव दुवै गलत :नेता शर्मा
काठमाडौं – पूर्व गृहमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारको प्रतिबन्ध र विप्लवको हिंसा दुवै गलत भएको बताएका छन् ।
नेता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै सरकारले हालै विप्लवमाथि लगाएको प्रतिबन्ध र विप्लवबाट भइरहेका हिंसात्मक गतिविधिलाई लिएर नेकपाभित्रै मतान्तर बढिरहेका बेला नेता शर्माले दुवैको कार्यशैली गलत भएको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘प्रतिबन्ध समाधान होइन, बम पडकाउनु त झन हुँदै होइन, चाहिएको समाधान हो । संविधान भित्रै मत, जनमत र अभिमत मार्फत खोजौं आ–आफना समाधान ।’
शर्माले दुवै पक्षलाई संविधानमार्फत पछिल्लो समस्याको निकास निकाल्न पनि सुझाएका छन् ।
प्रतिबन्ध समाधान होइन बम पडकाउनु त झन हुँदै होइन चाहिएको हो समाधान।
संविधान भित्रै मत,जनमत र अभिमत मार्फत खोजौ आ-आफना समाधान ।— Janardan Sharma (@JSPrabhakar) March 14, 2019