विप्लवले सरकारलाई नै प्रतिबन्ध लगाउने चेतावनी ! - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

विप्लवले सरकारलाई नै प्रतिबन्ध लगाउने चेतावनी !



काठमाडौं : सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली लगायत नेता कार्यकर्ताको गिरफतारीपछि वक्तब्य जारी गदै उक्त पार्टीका महासचिव विप्लवले सोमबार वक्तव्य जारी गरी त्यस्तो चेतावनी दिएका हुन्।

चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने चेतावनी दिएका हुन्।

पार्टी नेता कार्यकर्ता विरुद्ध चैत १६ गते शनिबार नेपाल बन्दको समेत घोषणा गदै विप्लवले पार्टी स्थायी समिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको समेत जनाएका छन्। चन्दले सोमबार बेलुकी वक्तव्य दिएका हुन्।

सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको समेत आरोप लगाएका छन्। प्रधानमन्त्री केपी ओलीले नेकपा संसदीय दलको बैठकमा सोमबार मात्रै पनि चैत महिनाभित्र विप्लवको पार्टीका गतिविधि नियन्त्रणमा लिइने बताएका थिए।

ओली र विप्लव दुवैले सोमबार नै एक अर्कामाथि चैत महिनाको समयसीमा राखेर नियन्त्रण र निषेध गर्ने चेतावनी दिएपछि मुलुक थप द्वन्द्वतिर जाने सम्भावना बढेर गएको छ।

विप्लवले ‘केपी—प्रचण्डको सामाजिक दलाल सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र सङ्कटग्रस्त बन्दै गएको’ तथा ‘पार्टीमाथी प्रतिबन्ध लगाएर चरम फासीवाद लाद्न खोजेको’ पनि उल्लेख गरेका छन्।