सरकार निरंकुशतावादी मनोवृतितिर अगाडि बढेको पौडेलको आरोप - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

सरकार निरंकुशतावादी मनोवृतितिर अगाडि बढेको पौडेलको आरोप



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको आडमा अराजकता बढेको भन्दै सरकारको आलोचन गर्नु भएको छ ।

वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने क्रममा काँग्रेस नेता पौडेलले अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन अनशन बस्नुभएकी गंगामायाको जीवन रक्षा गर्न आग्रह गर्नुभयो ।

आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको भन्दै नेता पौडेलले युद्धकालमा व्यक्तिगत रिसिइबीका कारण भएका घटनालाई छानविन गर्न नसक्दा रातो झन्डा ओढेर सबै अपराध माफ गर्ने अराजकता बढेको उहाँको टिप्पणी थियो ।

वरिष्ठ नेता पौडेलले विधिको शासन तोड्ने र स्वतन्त्र न्यायापालिकाको फैसलालाई अपमान गर्ने परम्परा स्थापित हुन थालेको भन्दै सरकार निरंकुशतावादी मनोवृतितिर अगाडि बढेको आरोप समेत लगाउनुभएको थियो ।