घाइतेलाई भेटेपछि देउवाले भनेः सरकारमा मानवता छैन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

घाइतेलाई भेटेपछि देउवाले भनेः सरकारमा मानवता छैन



नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शान्तिपुर्ण प्रर्दशनमा सरकारले हस्तक्षेप गरेर अमानवीय चरित्र देखाएको भन्दै घटनाको निन्दा गरेका छन्।

प्रहरीसँगको झडपमा घाईते भई उपचार गराईरहेका तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायत घाईतेहरुलाई भेट्न मिनभवस्थित सिभिल अस्पताल पुगेका सभापति देउवाले शान्तिपुर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको निन्दा गरेका हुन्।

सरकारले अपराधपुर्ण तरीकाले तरुणदलका अध्यक्ष सहित आफ्ना कार्यकर्तामाथि कुटपीट गर्ने काम गरेको देउवाले दाबी गरे। उनले घटनाको निन्दा एवं घोर भत्र्सना गर्दै आईन्दा यस्तो काम बन्द गर्न पनि सरकारलाई चेतावनी दिए।

पूर्व घोषित कार्यक्रम अनुसार शनिबार दिउँसो तरुण दलले अनसरनरत डाक्टर गोविन्द केसीको मागमा ऐक्यवद्धता तथा सरकारको विरोधमा गरेको प्रर्दशनका क्रममा नयाँवानेश्वरमा प्रहरीसँग झडप हुँदा तरुण दलका अध्यक्ष बस्नेतसहित २१ जना घाईते भएका थिए ।