सरकारले पूँजी प्रवाहलाई उच्च प्राथमिकता दिने छ :अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले पूँजी प्रवाहलाई उच्च प्राथमिकता दिने बताउनु भएको छ ।
अर्थमन्त्री खतिवडाले कानुन बमोजिम कर उठाउने पनि स्पष्ट पार्नुभयो । उहाँले स्थानीय तह, प्रदेश र संघीय सरकारले कानुनको सिमा भित्र रहेर मात्रै कर उठाउन पाउने कानुनी व्यवस्था रहेको पनि स्मरण गराउनु भयो ।
बिहिबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री खतिवडाले सरकार र व्यवसायीबीच कहिलेकाँही स्वार्थ बाँझिने गरेको भन्दै पूँजी प्रवाहलाई बढावा दिने काममा सरकारलाई सक्दो सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
अर्थमन्त्री खतिवडाले सरकारले रोजगारीको अवसर सृजना गर्न लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले मुलुकको व्यवसायलाई सहज ढंगले संचालन हुने गरी कानुनहरुको संशोधन गर्न सरकार तयार रहेको समेत बताउनु भयो ।
कार्यक्रममा चेम्बर अफ कमर्सका प्रतिनिधिहरुले व्यवसायिक वातावरण बनाउन सरकार सफल हुने विश्वास व्यक्त गरेका थिए ।