सरकार कसैले हल्याएर हल्लिदैंन :प्रचण्ड - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सरकार कसैले हल्याएर हल्लिदैंन :प्रचण्ड



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने दावी गर्नु भएको छ।

अध्यक्ष दाहालले सरकार लोकतान्त्रिक मूल्य मान्यता अनुसार अघि बढ्ने पनि स्पष्ट पारे। बिहीबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२ औं स्थापना दिवस तथा आर्थिक समृद्धि विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले कामको आधारमा मूल्यांकन गर्ने परिपाटीको स्थापनाका लागि पनि दिगो र बलियो सरकार स्थापना गरिएको पनि स्मरण गराए। अध्यक्ष दाहालले सरकार कसैले हल्याएर नहिल्ने दावी पनि गरे।

उनले विगतमा सरकार अस्थिर भएको पीडाबोध भएपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर सरकारलाई बलियो बनाउनु परेको पनि उल्लेख गरे। अध्यक्ष दाहालले जनता र राष्ट्रको आर्थिक जीवनमा रुपान्तरण गर्न दुई पार्टीबीच एकीकरण गर्नु परेको पनि दोहोर्‍याए।

अध्यक्ष दाहालले विकास, समुन्नति र सुशासनको माध्यामबाट जनताको आर्थिक जीवनमा परिवर्तन नल्याए वर्तमान सरकारका लागि ठूलो चुनौति हुने पनि उल्लेख गरे। उनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन अनुकूल वातावरण बनेको भन्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे। अध्यक्ष दाहालले जनताले सरकारबाट ठूलो अपेक्षा गरेको पनि बताए।