सरकारको दादागिरी: मन्त्रालयमा डाक्टरमाथि दुर्व्यवहार - Himal Post Himal Post
  • १० आश्विन २०८१, बिहीबार
  •      Thu Sep 26 2024
Logo

सरकारको दादागिरी: मन्त्रालयमा डाक्टरमाथि दुर्व्यवहार



काठमाडौं – वीर अस्पतालको ट्रमा सेन्टरमा कर्यारत डा. भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले मंगलबार मन्त्रालयमा झिकाएर भनेअनुसार काम गर्न अनुचित दबाव दिएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

गृहमन्त्रीको आदेश भन्दै अधिकारीलाई लिन गाडी पठाइएको थियो । सरकारी चिकित्सक संघले अपहरणको शैलीमा गृह मन्त्रालय लगिएको भन्दै आपत्ति जनाएको छ ।

ट्रमा सेन्टरका चिकित्सकहरुले स्वास्थ्य जाँचपछि दिने रिपोर्टका आधारमा द्वन्द्वकालका घाइतेहरुको वर्गीकरण हुँदै आएको छ । घाइतेहरुको अपांगताका आधारमा सरकारले भत्ता र सरकारी सेवामा आरक्षणलगायतका सुविधा दिने गर्छ ।

प्रत्येक पाँच वर्षमा घाइतेहरुको स्वास्थ्य परीक्षणपछि उनीहरुको वर्गीकरण तलमाथि गर्ने गरिन्छ । जसका आधारमा उनीहरुले पाउने भत्तासमेत घटीबढी हुनेगर्छ । यस्तो रिपोर्ट बनाउँदा आफूले भनेअनुसार गर्नका निम्ति गृहमन्त्रीका सल्लाहकार पथिकले अधिकारीलाई अनुचित दबाव दिएका हुन् ।