सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता: डा भट्टराई - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता: डा भट्टराई



राजविराज: नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ ।

राजविराज विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताउनुभयो ।

उहाँले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गर्नुभयो । संविधानअनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्तााई परिवर्तन गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो, ‘‘यसमा जनमत सङ्ग्रह हुन सक्दैन ।’’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभयो । रासस