बाबुरामले भने :सरकार-सीके सहमति ‘गलपासो’ बन्ने खतरा - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

बाबुरामले भने :सरकार-सीके सहमति ‘गलपासो’ बन्ने खतरा



काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले स्वतन्त्र मधेश गठबन्धनसँग भएको सहमतिको बुँदा नम्बर २ भोलिको दिनमा गलपासो बन्ने खतरा औंल्याएका छन् ।

राउतसँगको सहमति बाहिर आएपछि समाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै डा. भट्टराईले ‘असन्तुष्टीहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान’ गर्ने भनेको ‘जनमतसंग्रह’ हो कि के हो भन्नेबारे प्रष्ट हुनुपर्ने बताएका हुन् ।

‘अदालतले तारेखमा रिहाइ गरेको भोलिपल्ट भएको मधेशी पृथकवादी सीके राउत र पहाडी राष्ट्रवादी नेकपा सरकार बीचको सहमति नाटकीय देखिए पनि सकारात्मक मान्नुपर्छ ! बरू २ नं बुँदाको ‘असन्तुष्टीहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान’ भनेको ‘जनमत संग्रह”हो कि के हो, भोलि गलपासो बन्ला है !,’ बाबुरामले लेखेका छन् ।

राजनीतिक सहमति घोषणा कार्यक्रमपछि राउत समूहका नेताले बुँदा नम्बर २ मा लेखिएको कुरा जनमत संग्रह नै भएको दाबी गरेका थिए ।

के छ २ नम्बर बुँदामा ?

हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरू प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नुपर्छ भन्ने मान्यतामा दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ।